नियम १५क
सुपरीवेक्षकको काम, कर्तव्य र अधिकार
(१) रजिष्ट्रारले अदालतमा कार्यरत कुनै अधिकृतलाई सुपरीवेक्षकको काम गर्ने गरी तोक्न सक्नेछ। (२) यस नियमावलीमा अन्यत्र उल्लेख भए बाहेक सुपरीवेक्षकको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः

(क) अदालतका चालु मिसिलमा आन्तरिक निरीक्षण गरीसमयमै अङ्ग पुस्याउने,

(ख) अदालतका चालु मिसिलमा भएका आदेशहरू यथाशीघ्र कार्यान्वयन गर्ने गराउने,

(ग) मुद्दामा कार्यतालिका बमोजिम काम भए नभएको अनुगमन गरी सम्बन्धित कर्मचारीलाई आवश्यकनिर्देशन दिने,

(घ) कार्यतालिकामा निर्धारित समयसीमा नाघ्न लागेका मुद्दाहरू पहिचान गरी सो को जानकारी रजिष्ट्रारलाई दिई प्राप्त निर्देशन बमोजिम तोकिएको समयभित्रै कार्य सम्पन्न गर्ने,

(ङ) मुद्दाको मार्गसमूह परिवर्तन गर्नु पर्ने देखिएमा रजिष्ट्रार समक्ष पेश गर्ने,

(च) अदालतको काम सुचारु रूपले चलाउन रजिष्ट्रारलाई सहयोग गर्ने।